ग्लोबल टेक्नोलोजी लिडर शाओमीले नेपालीहरुको महान चाड वडा दशैं २०७९को अवसरमा आफ्ना ग्राहकहरूका लागि अफरहरु ल्याएको छ ।
एक महिना लामो चल्ने यो क्याम्पेनमा शाओमी फोन खरिद गर्ने जो कोहीले पनि लक्की ड्रमा प्रत्यक्ष सहभागी भई रोमाञ्चक उपहारहरू जित्न सक्नेछन् । यस अफर अनुरुप एमआईको विभिन्न टेलिभिजन र अन्यको खरिदमा पर्याप्त छुटहरू प्राप्त गर्नेछन्।
शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर श्री अमित कुमार पंडा भन्छन्, “नेपालमा शाओमी लन्च भएदेखि नै हामीले हाम्रा एमआई फ्यानहरूबाट अप्रत्याशित माया र समर्थन पाएका छौं । यसले हामीलाई हाम्रा उत्पादनहरुमा उच्च मापदण्डहरू सेट गर्न सधैं प्रोत्साहित गरेको छ । दशैंलाई लक्षित गर्दै शाओमीले यो चाडपर्वको मौसममा आफ्ना ग्राहकहरूको केही नयाँ किन्न र आफ्ना प्रियजनहरूसँग रमाइलो गर्दै मनाउने इच्छालाई पूरा गर्न यो विशेष अफर ल्याएको छ ।”
यस अफरहरू आश्विन १४, २०७९ सम्म मान्य हुनेछ । यो अफर दराज र सस्तो डिलमा पनि लागू हुनेछ ।





























प्रतिक्रिया