एनएमबि र कञ्चन डेभलपमेन्टको एकीकृत कारोबार आजदेखि

एनएमबि र कञ्चन डेभलपमेन्टको एकीकृत कारोबार आजदेखि

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

एनएमबि बैंकमा कञ्चन डेभलपमेन्टलाई गाभेर आजदेखि एकीकृत कारोबार सुरु भएको छ ।

एकिकृत कारोबारका लागि दुबै वित्तीय संस्थाले नेपाल राष्ट्र बैंक र कम्पनी रजिस्टारको कार्यालयसँग स्वीकृति लिएर आइतबारदेखि कारोबार सूरु गरका छन् ।

एनएमबीले कञ्चन डेभलपमेन्टलाई प्राप्ती गरेपछि एनएमबि बैंकको नामबाट कारोबार सुरु गरिएको छ । दुवै बैंकको असार २१ गते भर्चुअल माध्यमबाट सम्पन्न विशेष साधारण सभाले प्राप्ती सम्बन्धी प्रस्ताव पारित गरेका थिए । कञ्चनको १०० कित्ता शेयर हुनेले एनएमबिको नाममा ८५ कित्ता शेयर प्राप्त गर्न सक्नेछन् ।

प्राप्तीपछि एनएमबिको चुँक्ता पूँजी १४ अर्ब ४५ करोड भन्दा बढी हुनेछ । एनएमबिले केही समय अघि ओम डेभलपमेन्ट बैंकलाई पनि गाभेको थियो ।

Logo