एनआईसी एसिया क्यापिटलको “एक्सप्रेस डिम्याट सेवा” : ग्राहकको घर तथा अफिसमै पुगेर खाता खोलिदिने

एनआईसी एसिया क्यापिटलको “एक्सप्रेस डिम्याट सेवा” : ग्राहकको घर तथा अफिसमै पुगेर खाता खोलिदिने

केन्द्रबिन्दु
0
Shares

एनआईसी एसिया क्यापिटलको “एक्सप्रेस डिम्याट सेवा” सञ्चालन हुने भएको छ ।

यो सेवा अन्तरगत क्यापिटलका कर्मचारीहरूले ग्राहकहरूको घर तथा अफिसमै पुगेर भई निःशुल्क डिम्याट खाता खोलिदिने व्यवस्था मिलाइएको छ । एन आई सी एसिया क्यापिटलले विगत लामो समयदेखि “एक नेपाली, एक डिम्याट खाता “अभियान सञ्चालन गरी सहज रूपमा डिम्याट खाताको पहुँच सेवाग्राही माझ पुर्‍याउँदै आइरहेको छ । 

हालको व्यवस्था अनुसार डिम्याट खाता खोल्नको लागि स्वयम व्यक्ति सम्बन्धित निक्षेप सदस्य कम्पनीमा उपस्थित हुनुपर्ने व्यवस्था रहेको । यस्तो व्यवस्थाले अहिलेको व्यस्त समयमा स्वयम उपस्थित भई डिम्याट खाता खोल्न नसक्ने व्यक्तिहरूलाई सहज रूपमा डिम्याट खाता खोलिदिने मुख्य उद्देश्यका साथ  सेवा सञ्चालन गरिएको कम्पनीले जनाएको छ । 

सेवाग्राहीको घर तथा अफिसमै पुगी छोटो समयमा डिम्याट खाता उपलब्ध गराई डिम्याट खाता तथा मेरो शेयर खाता सञ्चालन सम्बन्धमा आवश्यक जानकारी उपलब्ध गराइने हुँदा सेवाग्राहीहरूले सो योजनाबाट लाभ लिई सहज र झन्झटरहित रूपमा डिम्याट तथा मेरो शेयर खाता प्राप्त गर्न सक्ने विश्वास लिएको छ । 

एनआईसी एसिया एक्सप्रेस डिम्याट सेवा अन्तर्गत क्यापिटलका कर्मचारीहरू स्वयम उपस्थित भई डिम्याट खाता खोलिदिने तथा शेयर अभौतिककरण गर्नको लागि आवश्यक सहजिकरण गरिदिने व्यवस्था मिलाइएको छ । सेवा प्राप्त गर्नको लागि क्यापिटलको इमेल ठेगाना [email protected] मा अनुरोध पठाउनु पर्नेछ । साथै क्यापिटलको मोबाइल नं. ९८५११२२९९४ मा सोझै कल-वा मिसकल गर्न सकिनेछ । साथै सो सेवामा सहभागी हुन कम्तीमा तीन जना व्यक्तिहरूको समूह हुनुपर्नेछ । हाललाई यो सेवा काठमाडौँ उपत्यका भित्रको लागि मात्र उपलब्ध हुने जनाइएको छ ।

Logo