सिजी मोटर्सले ल्यायो दशैं-तिहार अफर, ७ लाख ६० हजारमै कार !

सिजी मोटर्सले ल्यायो दशैं-तिहार अफर, ७ लाख ६० हजारमै कार !

केन्द्रबिन्दु
0
Shares

इलेक्ट्रिक कार नेटा भीको नेपालका लागि आधिकारिक वितरक सिजी मोटर्सले दशैं-तिहार लक्षित फेस्टिवल अफर सार्वजनिक गरेको छ ।

यस अफरअन्तर्गत नेटा भी खरिद गर्ने ग्राहकहरुले १ लाख ४० हजार रुपैयाँ बराबरको स्किम प्राप्त गर्नसक्ने छन् । यसमा कम्पनीले ६.६ किलोवाटको चार्जर, इन्सुरेन्स र एसेसोरिज लगायत उपलब्ध गराउनेछ । साथै वम्परमा तीन जना भाग्यशाली विजेताले टीभी, होलिड टुर र ५५० लिटरको रेफ्रिजिरेटर  उपहार पाउन सक्ने कम्पनीले जनाएको छ । 

नेटा भीको कारलाई ग्राहकले ७ लाख ६० हजार रुपैयाँ डाउन पेमेन्ट गरी वाँकी रकमलाई सरल किस्तावन्दीमा खरिद गर्न सक्नेछन् । सो कारको नेपाली बजार मूल्य ३८ लाख रुपैयाँ तोकिएको छ । 

यो अफर सिमित अवधीका लागी लागु गरिएको पनि कम्पनीले बताएको छ ।

Logo