छोटो समयमै नेपालको ढुवानी क्षेत्रमा आफ्नो अलग्गै पहिचान बनाउन सफल उपाय सिटी कार्गोले आफ्नो नयाँ ब्राण्ड लोगो सार्वजनिक गरेको छ।
अब उपाय सिटी कार्गो , ‘उपाय’ को नामले मात्रै चिनिनेछ। नेपालमा व्यापारिक र निजी प्रयोजनको लागि सस्तो, भरपर्दो, र पारदर्शी ढुवानी सेवा प्रदायकको रूपमा परिचित छ । उपायले प्रविधिको सही प्रयोग गरेर समग्र ढुवानी व्यवसायलाई ब्यवसायि करप्रति स्पर्धी बनाउने प्रयास गरिरहेको छ। “पुरानो लोगोको सारलाई राख्दै नयाँ लोगो पनुःडिजाईन गर्नु चुनौतीनै हुँदो रहेछ।”
नयाँ लोगोको बारे प्रकाश पार्दै उपायका प्रबन्ध निर्देशक सुमन रायमाझी भने । “हाम्रो नयाँ लोगो देशभर आफ्नो ग्राहकलाई प्रदान गर्ने सेवाको समग्र प्रतिनिधित्व हो । उपाय आफ्नो डेलिभरी, व्यापारिक, फ्रेन्चाइज तथा गठबन्धन साझेदारहरूको सद्भाव तथा सहयोगमा उपायलाई ढुवानी क्षेत्रको एक ठुलो तथा विश्वासिलो ब्रान्ड बनाउने प्रण गर्दछ।”
निलो र सुन्तला रङ्गमा डिजाइन गरिएको उपायको नयाँ लोगोले विश्वास र ऊर्जालाई प्रतीक गर्न खोजेको छ। नयाँ लोगोमा तिन वटा माइल छन् जसले उपायको पूर्ण ढुवानीकाे प्रकृयालाई चित्रण गरेको छ । पहिलो माइल जुनु ढुवानी प्रकृयाको सुरूवात हो ।
मध्ये माइल: जहाँ सामान गन्तव्यसम्म पुर्रयाउनकाे लागि गरिने कार्यलाई जनाउँछ। अन्तिम माइलले सामान गन्तव्यमा सुरक्षित रूपमा पुगेको जनाउँछ। नयाँ लोगोले उपायलाई एक विश्वसनीय र गुणस्तरीय सेवा प्रदायकका रूपमा स्थापित गर्न मदत गर्छ भन्ने कुरामा कम्पनी विश्वस्त छ।





























प्रतिक्रिया