नयाँ नोकिया फोन जी ११ प्लस सार्वजनिक, कति पर्छ मूल्य ?

नयाँ नोकिया फोन जी ११ प्लस सार्वजनिक, कति पर्छ मूल्य ?

केन्द्रबिन्दु
0
Shares

नोकिया जी सिरिज अन्तर्गत नेपालमा नयाँ नोकिया जी ११ प्लस फोन सार्वजनिक भएको छ ।

३ दिनसम्म ब्याट्री टिक्ने नोकिया जी ११ प्लसमा २ वर्ष सफ्टवेयर अपग्रेड र ३ वर्ष सेक्युरिटी अपडेट सुविधा पाइने कम्पनीले जनाएको छ ।यसमा फिंगरप्रिन्ट र फेस अनलक दुबै समर्थिन गर्ने मास्क मोडको साथ, दैनिक प्रयोग अझ सुविधाजनक भएको छ । प्रयोगकर्ताहरुले इन्टरफेसबाट स्क्रोल गर्न मिल्ने स्क्रिनसटहरू अनि भर्खरको एन्ड्रोइड १२ को सबै सुबिधाहरु लिन सक्नेछन् । 

६.५ इन्च डिस्प्ले सुविधा भएको यसमा ९० हर्जको रिफ्रेस रेट रहेको छ । यसमा स्पोटिफाई र एक्सप्रेस पहिले नै उपलब्ध भएर आएको छ । ३ जीबी र्‍याम र ६४ जीबी आन्तरिक स्टोरेज भएको नोकिया जी ११ प्लसको मूल्य १९ हजार ४९९ रूपैयाँ तोकिएको छ । निलो रंगमा उपलब्ध नोकिया जी ११ प्लस नेपालभरिका सम्पूर्ण रिटेल स्टोरहरुमा उपलब्ध छ ।

एचएमडी ग्लोबलका सीईओ फ्लोरियन सेइश भन्छन्- “प्रारम्भिक प्रतिस्थापनले वातावरणमा पार्ने प्रभावका कारण संसारभरका मानिसहरूले आफ्नो स्मार्टफोनलाई लामो समयसम्म प्रयोग गर्ने गरेका छन्। नयाँ नोकिया जी ११ प्लसमा उपभोक्ताहरूलाई लामो समयसम्म टिक्ने ३ दिनको ब्याट्री ब्याकअप, तीन वर्षको मासिक सुरक्षा अपडेटहरू र एन्ड्रोइडका तीन संस्करणहरू सुनिश्चित गरिएको छ।  हामी हाम्रो गुणस्तर्य निर्माणमा प्रतिबद्ध हुन पाउँदा गर्व गर्छौं।”

Logo