उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव एवं प्रवक्ता डा. नारायणप्रसाद रेग्मीले पछिल्लो समय साल्ट ट्रेडिङ कर्पोरेशनले अपेक्षित रुपमा नाफा कमाउन नसकेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
सोमवार कम्पनीको ६० औं वार्षिकोत्सवको अवसरमा बोल्दै प्रवक्ता रेग्मीले यस्तो बताएका हुन् । उनले साल्ट ट्रेडिङले लगानी गरेका कतिपय उद्योगहरु बन्द भएको स्मरण गराउदै संस्थाको व्यवसायीको कमजोरीका कारण पनि आफ्नो व्यवसायलाई बिस्तार गर्न नसकेको स्पष्ट पारे ।
उनले कम्पनीको प्रतिष्पर्धात्मक क्षमतामाथि प्रश्न उठाउँदै व्यवसायलाई थप आधुनिकरण तथा सूचना प्रविधिसँग जोड्दै सकारात्मक चिन्तन बोकेर अगाडी बढ्न आवश्यक रहेको पनि बताए । आगामी दिनमा संस्थागत लक्ष्य प्राप्तिका लागि जुट्न कर्मचारीहरुलाई निर्देशन दिए ।
सहसचिव रेग्मीले संस्थालाई आवश्यक पर्ने नीतिगत सहजिकरणका लागि भने सहयोग गर्ने प्रतिवद्धता जनाए । उनले कर्मचारीको हकहीतको विषयमा उठाएका कतिपय आवश्यक मागहरु संस्थाको संस्थागत क्षमता विकास र बिस्तारको लागि सहयोग गर्न तयार रहेका पनि बताए । ‘बजार प्रतिष्पर्धी बनेको छ । हामी जस्तै अन्य निजी क्षेत्रका संस्थाहरु हाम्रो स्वामित्वमा प्रतिष्पर्धात्मक प्रश्न चिन्ह खडा भएको छ । यो हिसावले पनि हामीले आफूलाई प्रतिष्पर्धी बनाउनुको विकल्प छैन । उच्च मनोबलयुक्त भएमात्रै हामी प्रतिष्पर्धी बन्नसक्छौँ ।’ उनले भने ।
वार्षिकोत्सवको अवसरमा साल्ट ट्रेडिङ कर्पोरेशनले एस.टी.सी ब्राण्डका तोरीको तेल उत्पादन गर्ने तयारी गरेको जानकारी गराएको छ । दाल, चामल, नुन, चिनी, तेललगायत दैनिक उपभोग्य वस्तु तथा रासायनिक मलको सहुलियत र शुपथ मूल्यमा बिक्री वितरण गर्दै आएको साल्ट ट्रेडिङ कर्पोरेशनले तोरी तेल उत्पादन गर्ने तयारी गरेको छ ।
ट्रेडिङले हेटौँडामा रहेका नेपाल वनस्पति उद्योग सञ्चालन गरी एस.टी.सी ब्राण्डका तोरीको तेल उत्पादन गर्ने तयारी गरेको छ । उपोभोक्तालाई गुणस्तरीय तेल उपलब्ध गराउन चितवनलगायत तराई÷मधेसका कृषकबाट तोरी खरीद गरी निकट भविष्यमा प्रशोधित तोरीको तेल उत्पादन गर्न लागेको जनाएको हो ।





























प्रतिक्रिया