जापानमा इन्जिनियरिङ गरिएको नेपाली इलेक्ट्रोनिक्स ब्राण्ड सेन्साईले आउँदै गरेको नेपालीहरूको पर्व दशैँ तिहार २०७९ लाई लक्षित गरी सेन्साई ३ को झट्का, दशैँमा उपहारको फड्का योजना सार्वजनिक गरेको छ ।
उक्त योजना अन्तर्गत सेन्साई ब्राण्डका कुनै पनि सामानको खरिदमा लक्की ड्र मार्फत २ भाग्यशाली ग्राहकहरूले एप्पल आइफोन १३, ३ भाग्यशाली ग्राहकहरूले एप्पल आइप्याड १०.२ जस्ता आकर्षक उपहारहरू जित्न सक्नेछन् । साथै बम्पर लक्की ड्र मार्फत १ भाग्यशाली ग्राहकले यामाहा आर १५ भिथ्री जित्न सक्ने कम्पनीले जनाएको छ ।
साथै सेन्साईले आफ्नो विभिन्न सामानहरुमा विभिन्न किसिमका वारेन्टीहरू र निःशुल्क डेलिभरी पनि प्रदान गर्नेछ । सेन्साईका सामानहरूको खरिद गरे पश्चात् ग्राहकहरूले आफूलाई लक्की ड्रमा सहभागी गराउन क्भ्ल्क्भ्क्ष् टाईप गरी आफ्नो नाम, ठेगाना र खरिद गरिएको सामानको वारेन्टी कार्ड नम्बर लेखि ३१००३ मा एस्एमएस् गर्नुपर्नेछ । कम्पनीले यो योजना भाद्र ९,२०७९ देखि सीमित अवधिका लागि मात्र लागु गरेको जनाएको छ । सेन्साई ब्राण्डको आधिकारिक बिक्रेता चौधरी ग्रुप अन्तर्गत सिजी इओएल रहेको छ ।





























प्रतिक्रिया