हिरो मोटोकर्पले पहिलो इलेक्ट्रिक स्कुटर भिडा भी१ लन्च गरेको छ ।
भिडा भी१ इलेक्ट्रिक स्कुटर भी१ प्लस र भी१ प्रोमा उपलब्ध हुनेछ । यसको प्लस भेरिएन्टमा १४३ किलोमिटर र प्रो भेरिएन्टमा १६५ किलोमिटर रेन्ज सहित ड्युअल रिमुभेवल ब्याट्री उपलब्ध हुनेछ ।
भिडा भी१ प्लसको मूल्य भारतमा १ लाख ४५ हजार र भिडा भी१ प्रोको मूल्य १ लाख ५९ हजार तोकिएको छ । यसको डेलिभरी भने डिसेम्बर महिना देखि मात्र हुनेछ । कम्पनीका अनुसार दुवै मोडलको टप स्पिड ८० किलोमिटर प्रतिघण्टा छ ।
भी१ प्लसले ३.४ सेकेन्डमा ० देखि ४० किलोमिटर र प्रोले ३।२ सेकेन्डमा सो दुरी पार गर्छ । भिडा भी१ मा एलईडी इल्युमिनेसन र ७ इन्चको टीएफटी टचस्क्रिन डिस्प्ले छ भने इको, राइड, स्पोर्ट र कस्टम गरी विभिन्न राइड मोड उपलब्ध छ । यसमा स्प्लिट सिट, टेलिस्कोपिक फ्रन्ट फोर्क्स, सिंगल रियर सक र सिंगल डिस्क ब्रेक सेट उपलब्ध छ । समग्रमा यो स्कुटर स्टाइलिस पनि छ ।





























प्रतिक्रिया