चाडपर्वको अवसरमा शाओमीको मोबाइल फोनहरुमा बिशेष छुट

चाडपर्वको अवसरमा शाओमीको मोबाइल फोनहरुमा बिशेष छुट

केन्द्रबिन्दु
0
Shares

स्मार्ट फोन ब्रान्ड शाओमीले चाडपर्वको अवसर पारेर सिमित अवधिको लागि आफ्नो मोबाइल सेटहरुमा उल्लेखनीय रुपमा मूल्य छुट गरेको छ । आफ्ना उपभोक्ताहरुको लागि यो तिहार विशेष योजना ल्याइएको कम्पनीले जनाएको छ ।

यो अफर अन्तर्गत उपभोक्ताहरुले रेडमी नोट ११ सिरिजमा रु. १०००, शाओमी १२ सिरिजमा रु. ३००० र भर्खरै
लन्च गरिएको पोको एम५ मा रु. ५०० सम्म को कम मुल्यमा मोबाइल सेट खरिद गर्न सक्नेछन् । यो अफर कार्तिक १४ गते सम्म लागु हुने कम्पनीले जनाएको छ ।

सो अवसरमा शाओमी नेपालका कन्ट्रि जेनेरल म्यानेजर अमित कुमार पंडाले भने, “नेपालीहरुको महान चाड तिहार नजिकिँदै गर्दा यस चाडपर्वको शुभ उपलक्ष्यमा हाम्रा उपभोक्ताहरुको लागि साबिक भन्दा कम मूल्यमा मोबाइल फोन उपलब्ध गराउन गइरहेका छौँ । आशा छ यस अफर सँगै यहाँहरुको चाडपर्वको माहोल अझै रोमान्चक बन्ने छ ।”
 

Logo