काठमाडौं ।
सनराइज बैंक लिमिटेडले कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारलाई ७९ लाख ४४ हजार ४७६ सहयोग गरेको छ । सरकारले स्थापना गरेको कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त रकम हस्तान्तरण गरिएको जनाएको छ ।
अर्थमन्त्री डा युवराज खतिवडालाई बैंक सञ्चालक समिति सदस्य शारदा शर्मा पुडासैनीले उक्त रकम हस्तान्तरण गरेका हुन् । सो अवसरमा अर्थमन्त्री डा खतिवडाले उक्त सहयोग संस्थागत सामाजिक उत्तरदायित्वको प्रशंसनीय उदाहरण भएको उल्लेख गर्दै प्राप्त रकम सरकारले कोरोना रोकथाम एवं नियन्त्रणको काममा सदुपयोग गर्ने बताए ।
उक्त रकमबाट कोरोना संक्रमण रोकथाम तथा उपचारका लागि सहयोग पुग्ने बैंकले विज्ञप्तिमार्फत जनाएको छ । बैंकले यसअघि पनि मुलुकका विभिन्न प्रदेश सरकार तथा स्थानीय तह र अस्पताललाई कोरोनासँग लड्न पिपिई, मास्क, स्यानिटाइजर लगायत आवश्यक स्वास्थ्य सामग्री हस्तान्तरण गरेको थियो ।





























प्रतिक्रिया