सिभिल बैंकका २ कर्मचारीमा कोरोना संक्रमण

सिभिल बैंकका २ कर्मचारीमा कोरोना संक्रमण

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

पछिल्लो समय हरेक क्षेत्रमा कोरोना संक्रमण देखिन थालेको छ । गत शनिवार र आइतबार गरेको परिक्षणमा सिभिल बैंकका कर्मचारीलाई पनि कोरोना संक्रमण देखिएको छ ।

बैंकको हेटौँडा शाखामा कार्यरत २ जना कर्मचारीलाई कोरोना पुष्टि भएको बैंकका सूचना अधिकारी बिजय कशजुले बताए । साथै सो शाखा सिल गरिएको छ ।

त्यस्तै, एभरेष्ट बैंक मुख्य कार्यालयका २ जनामा पनि कोरोना पुष्टि भएको छ । सो लगत्तै २ दिनका लागि बैंकको मुख्य कार्यालय लाजिम्पाट सील गरिएको छ भने संक्रमितको सम्पर्कमा भएका अन्य कर्मचारीहरुलाई होम आइसोलेशनमा बस्न भनिएको छ ।

Logo