एनसेलद्वारा रोमाञ्चक विश्वकप फुटबल फाइनलको विशेष लाइभ स्क्रिनिङ

एनसेलद्वारा रोमाञ्चक विश्वकप फुटबल फाइनलको विशेष लाइभ स्क्रिनिङ

केन्द्रबिन्दु
0
Shares

एनसेल आजियाटा लिमिटेडले २२औं फिफा विश्वकप फुटबल २०२२ को फाइनल खेलको विशेष लाइभ स्क्रिनिङ कार्यक्रम आयोजना गरेको छ । अन्नपूर्ण होटलको पुलसाइडमा सम्भवत नेपालमा अहिले सम्मकै ठूलो स्क्रिनहरु मध्ये एकमा देखाइएको प्रत्यक्ष प्रसारणमा १९०० भन्दा बढी दर्शकको उत्साहजनक उपस्थिती रहेको थियो ।

कार्यक्रममा दुई ठूला डिजिटल स्क्रिन बाहेक दर्शकको सुविधाका लागि अन्य स्क्रिनहरूमा समेत देखाइएको अर्जेन्टिना र फ्रान्सबीचको फाइनलखेलको प्रत्यक्ष प्रसारण एकदमै उल्लासमय बनेको थियो । निजी संघसंस्थाका प्रतिनिधि, बैंक तथा वित्तीय संस्था, व्यावसायिक क्षेत्रका पाहुना, कलाकार, सञ्चारकर्मी, एनसेलका ग्राहक, कर्मचारी र उनीहरुका परिवारका सदस्यलगायतले लाइभ स्क्रिनिङको भरपुर मज्जा लिएका थिए ।

एनसेलको ५९९ रुपैयाँमा ६० जीबी पाइने होम एन्ड अवे डेटा प्याकको खरिद गर्दा एनसेलका ग्राहकले लाइभ स्क्रिनिङमा सहभागी हुन निःशुल्क प्रवेश पास पाएका थिए । खेलको थपिएको ३० मिनेटमा ३–३ को बराबरी भएपछि टाइब्रेकरमा साबिकको विजेता फ्रान्सलाई ४–२ ले पराजित गर्दै अर्जेन्टिनाले ३६ वर्षपछि फिफा विश्वकफको उपाधि जितेको थियो । 

मिडिया हबको मुख्य सहयोगमा आयोजना गरिएको लाइभ स्क्रिनिङ कार्यक्रममा दर्शकहरूले फाइनल खेलको प्रत्यक्ष प्रसारण पुर्व आविष्कार केसी र डिजे बीपीएमको प्रस्तुतीमार्फत गीत संगितको आनन्द लिएका थिए र  खानाका विभिन्न परिकारको स्वाद लिँदै ऐतिहासिक तथा रोमाञ्चक फाइनल खेलको मज्जा लिएका थिए ।   

Logo