नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले राज्यले गर्ने सम्मानपूर्ण व्यवहारले मात्र पनि निजी क्षेत्र उत्साहित हुने र मुलुकको आर्थिक तथा औद्योगिक विकासमा सकारात्मक प्रभाव पर्ने बताएका छन् ।
नेपाल निर्यात परिषद्को २५औँ वार्षिक साधारणसभा तथा ७औँ निर्यात दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा वरिष्ठ उपाध्यक्ष ढकालले यस्तो बताएका हुन् । सरकारले निजी क्षेत्रको लामो प्रयासपछि नेपाल व्यवसायीहरुलाई सीआईपी सम्मान दिन सुरुगरेपछि हाल स्थगित गरिएकोमा उनले दुःख व्यक्त गरे ।
“हाम्रो लामो र अथक प्रयासपनि नेपाल सरकारले व्यवसायीहरुलाई सीआईपी सम्मान दिन सुरुगरेको थियो । तर हाल त्यो पुनःस्थगित छ,” उनले प्रश्न गरे, “जुन व्यवसायीले नेपालको निर्यात बढाउन सहयोग गर्छ, आयात प्रतिस्थापन गर्छ, विदेशी मुद्रा भित्र्याउँछ, धेरै भन्दा धेरै कर तिर्छ, रोजगारी सृजना गर्छ र व्यवसायीलाई सम्मान दिँदा सरकारको लगानी पनि पर्दैन यस्तो कुरामा सरकारले किन कन्जुस्याइँ गर्नुपर्ने ?”
ढकालले महासंघ र सरकारसँग निर्यात व्यवसायीहरुका विषयहरुको पैरवी गर्न निर्यात व्यवसायीलाई नै प्रतिनिधिको रुपमा महासंघमा निर्वाचित गर्न सुझाव दिए।





























प्रतिक्रिया