आइतबार नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ।
शुक्रबार तोलामा आठ सय रुपैयाँ घटेको सुनको मूल्य आइतबार प्रतितोला एक हजार रुपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ३ हजार ३ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख २ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार छापावाल सुन प्रतितोला एक लाख २ हजार ३ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, आइतबार चाँदीको मूल्य पनि बढेको छ। शुक्रबार प्रतितोला १ हजार ३ सय ६५ रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ३ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबारको तुलनामा आज चाँदी प्रतितोला १५ रुपैयाँले बढेको हो।































प्रतिक्रिया