कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आइतबार रातो आलु ३५ रुपैयाँ प्रतिकेजीमा किनबेच भइरहेको छ ।
नेपाली गोलभेँडा ठूलो ४० रुपैयाँ प्रतिकेजी रहेको छ । यो समितिले तोकेको न्यूनतम मूल्य हो । यस्तै कन्य च्याउ प्रतिकेजी १५० रुपैयाँ रहेको छ भने डल्ले च्याउ ३०० रुपैयाँ रहेको छ । यता, ब्रोकाउली ५० रुपैयाँ, काउली स्थानीय ४० रुपैयाँ, रातो बन्दा ७० रुपैयाँ, तोरी साग ३० रुपैयाँ, गान्टे मुला ६० रुपैयाँ रहेको छ ।
यस्तैगरी, तामा ९० रुपैयाँ प्रतिकेजीमा पाइन्छ । राजमा घिउ सिमी र तिते करेला १०० रुपैयाँ, प्याज हरियो ४० रुपैयाँ, सुकेको प्याज ४४ भिण्डी ९० रूपैयाँ, लौका ५० रुपैयाँ, गुन्द्रुक २५० रुपैयाँ, नेपाली सुकेको लसुन १०० रुपैयाँ, हरियो धनिया ७० रुपैयाँ र कागती १०० रुपैयाँ प्रतिकेजी रहेको छ ।





























प्रतिक्रिया