साताको चौथो कारोबार दिन बुधबार पनि नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ।
मंगलबार प्रतितोला एक सय रुपैयाँले घटेको सुनको मूल्य बुधबार प्रतितोला छ सय रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला एक लाख चार हजार पाँच सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख चार हजार रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार छापावाल सुन प्रतितोला एक लाख पाँच हजार एक सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख चार हजार छ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, बुधबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदी प्रतितोला १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भएको थियो। मंगलबारको तुलनामा आज चाँदी प्रतितोला १५ रुपैयाँ रुपैयाँले घटेको छ।





























प्रतिक्रिया