काठमाडौँ महानगरले हटायाे ९ हजार अनधिकृत होर्डिङ बोर्ड

काठमाडौँ महानगरले हटायाे ९ हजार अनधिकृत होर्डिङ बोर्ड

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ महानगरपालिकाले अहिलेसम्म ९ हजार अनधिकृत परिचय पाटी हटाएको छ । मापदण्ड रहेका तर शुल्क नबुझाएका र तोकिएको आकारभन्दा ठूलो साइजका वोर्ड तथा परिचय पाटी महानगरले हटाएको हो । 

गत असोज ७ गते मापदण्ड बमोजिम राख्न सकिने पाटीको आकार र त्यसमा लाग्ने वार्षिक शुल्कसमेत उल्लेख गर्दै ३० दिने सार्वजनिक सूचना जारी गरिएको थियो । सूचनामा मापदण्डमा आउन सक्ने बोर्डलाई दायरामा ल्याउन र मापदण्डभित्र नपर्ने बोर्ड आफैँ व्यवस्थापन गर्न व्यवसायीलाई अनुरोध गरिएको थियो । 

तोकिएको समय सकिएपछि कार्तिक २७ गतेबाट अनधिकृत बोर्ड तथा पाटी हटाउन थालिएको थियो । यससँगै भित्तेलेखन, अनधिकृत पर्चा, पम्प्लेट र पोस्टर पनि हटाउने तयारी भएकाे महानगरले जनाएको छ । 

महानगरको आर्थिक ऐन २०७९ बमोजिम ६ वर्ग फुटसम्मको परिचय पाटीको वार्षिक शुल्क ५ सय रुपैयाँ हो भने १५ बर्गफुटसम्मको शुल्क १ हजार ५ सय रुपैयाँ हो । १५ बर्गफुटदेखि ३० बर्गफुटसम्मका परिचय पाटीको प्रति वर्गफुट १ हजार रुपैयाँ थप शुल्क तिनुपर्छ । 

Skip This
Skip This
Logo