पहिलोपटक लोमान्थाङ पुग्ने इलेक्ट्रिक पिकअप जेएसी टी८का यस्ता छन् विशेषता

पहिलोपटक लोमान्थाङ पुग्ने इलेक्ट्रिक पिकअप जेएसी टी८का यस्ता छन् विशेषता

केन्द्रबिन्दु
0
Shares

इलेक्ट्रिक पिकअप जेएसी टी८ ले पहिलाेपटक हिमाल पारीको जिल्ला मुस्ताङको लोमान्थाङसम्मको यात्रा तय गरेको छ । 

नेपालका लागि आधिकारिक वितरक दीगो ग्रुप अफ कम्पनिजका अनुसार बजारमा विक्री हुँदै आएको इलेक्ट्रिक पिकअप जेएसी टी८ अफरोडयुक्त सडक पार गर्दै ३ हजार ८४० मिटरको उचाईमा रहेको एक विशेष संरक्षण क्षेत्र लोमान्थाङमा पुगेको हो । यसलाई लोमान्थाङ पुग्ने पहिलो इलेक्ट्रिक पिकअपका रुपमा पनि लिइएको छ । साथै यसबाट जेएसी टी८ इलेक्ट्रिक पिकअपलाई नेपालको जुनसुकै स्थानमा सहजै चलाउन सकिने प्रमाणित गरेको कम्पनीको दाबी छ । 

६७.२ किलोवाट आवरको लिथियम आइरन फस्फेट ब्याट्री भएको सो इलेक्ट्रिक पिकअपमा ११० किलोवाटको मोटर रहेको छ । यसमा भएको ब्याट्रीलाई डीसी फास्ट चार्जिङमार्फत २ घण्टामा र एसी चार्जिङमार्फत साढे १६ घण्टामा फुल चार्ज गर्न सकिन्छ । यसले सिंगल चार्जमा ३ सय किलोमिटर दूरी पार गर्न सकिने कम्पनीले जनाएको छ । 

९० किलोमिटर प्रतिघण्टा सम्मको उच्च गति भएको सो पिकअपमा इलेक्ट्रो हाइड्रोलिक पावर स्टेयरिङ छ । यसमा हेडरेस्ट सहितका सिट छन् । नेपालमा कर्पोरेट हाउस, गैरसरकारी संस्था, वातावरणीय संस्था, ठूला निर्माण कम्पनीलगायका लागि प्रयोगमा उपयुक्त हुने दाबीका साथ भित्र्याइएको यस इलेक्ट्रिक पिकअपको मूल्य ७२ लाख रुपैयाँ तोकिएको छ ।

Skip This
Skip This
Logo