निर्माणाधीन धरहरा परिसरमा केही पूर्वाधारका संरचना थप गर्नुपरेपछि धरहराको लागत १२ करोड रूपैयाँ थपिने भएको छ। निर्माणाधीन धरहरा परिसरमा केही संरचनाको डिजाइन परिवर्तन गर्दा थप १२ करोड रूपैयाँ थपिएको हो।
सुरुमा ठेक्का सम्झौता हुँदा धरहरा परिसरको लागत ३ अर्ब ८ करोड ११ लाख रूपैयाँमा भएको थियो। अहिले भने धरहराको डिजाइन परिवर्तन गरेर थप १२ करोड रूपैयाँको भेरिएसन गर्न लागिएको हो। अब धरहरा निर्माणको लागत ३ अर्ब २० करोड रूपैयाँ पुग्ने भएको छ।
धरहराको निर्माण कम्पनी जिआइइटिसी–रमन जेभीका प्रोजेक्ट म्यानेजर सञ्जय नकर्मीले धरहरा परिसरका संरचनाको डिजाइन थप/घट भएकाले आयोजनाको लागत तीन अर्ब २० करोड रूपैयाँ पुग्ने बताए छन्।
‘पछिल्लो समय धरहरा परिसरमा कप बिल्डिङ, प्रशासनिक भवन, मेकानिकल इलेक्ट्रिकल, प्लम्बिङको काम थपिएकाले पनि केही लागत बढेको हो,’ उनले भने ‘ टेलिकमले पनि युटिलिटिज पाइप नहटाएकाले पनि केही डिजाइन परिवर्तन गर्नुपरेको हो।’ यो समाचार नागरिक दैनिकमा छ ।































प्रतिक्रिया