दराज र ईसेवाले ल्याए १ रुपैयाँमा आईफोन एसई जित्ने मौका

दराज र ईसेवाले ल्याए १ रुपैयाँमा आईफोन एसई जित्ने मौका

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

अग्रणी अनलाइन बजार, दराज, र नेपालको अग्रणी अनलाइन भुक्तानी सेवा प्रदायक, ईसेवाले, केवल १ रुपैयाँमा नयाँ आईफोन एसई (iPhone SE) जित्न सकिने रोमाञ्चक वान रुपी गेम अवसर लिएर आएका छन् । भाग लिनको लागि, ग्राहकहरूले दराजमा IPHONERUPEE1 प्रोमोकोड लगाई आईफोन एसई (iPhone SE) १ रुपैयाँ मा ईसेवा बाट भुक्तानी गरि अर्डर गर्न पर्ने हुन्छ।

अफर साउन ७ देखि १२ (जुलाई २२-२७) सम्म उपलब्ध हुनेछ। विजेताको घोषणा साउन १६ (जुलाई ३१) मा दराज एप र दराज नेपालको फेसबुक पेज मार्फत गरिनेछ। विजेता घोषित भएपछि, सबै सहभागीहरूले आफ्नो ईसेवा खातामा १ रुपैयाँ फिर्ता पाउनेछन्। यसका साथै ग्राहकहरुले साउन १२ देखि १९ (जुलाई २७ – अगस्ट ३) सम्म चल्ने दराज महाबचत बजार अभियान अन्तर्गत दराजमा कुनै पनि समानको रकम ईसेवा मार्फत पैसा तिर्दा २०% (१००० रुपैयाँ सम्म) को छूट पाउनेछन्। ग्राहकहरूले दराज महाबचत बजारमा, फेसनदेखि इलेक्ट्रोनिक्स हरेक किसिमको समानको खरिदमा ठूलो बचतको आशा गर्न सक्नेछन् ।

“गत महिना दराजमा ईसेवा उपलब्ध गराउनु एक निर्णायक क्षण थियो। यस सहकार्य मार्फत ग्राहकहरुको लागि भनि यस्ता अन्य अवसरहरू पनि उपलब्ध गर्ने मौका हामीले पाएका छौँ जसले अनलाईन किनमेललाई एक रोचक विकल्पको रुपमा विकास गर्नेछ।” दराज प्रबन्ध निर्देशक, लिनो अलरिंगले भने।

Logo