काठमाडौं । केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक समाचारलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रशारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।
कोरोनाको विश्वव्यापी त्रास र नेपालको लकडाउनका बीच पनि हामीले हाम्रो प्रस्तुतिलाई निरन्तरता दिइरहेका छौँ । आज पनि हामीले महत्वपूर्ण पाँच समाचारहरू प्रस्तुत गरेका छौँ । आजका प्रमुख समाचारहरुमध्ये सरकारले आगामी साउन १५ गतेदेखि लकडाउनलाई थप खुकुलो बनाउने निर्णय गरेको छ । मंगलबारको पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं अर्थ, सञ्चार सूचना तथा प्रविधि मन्त्री डा. युवराज खतिवडाले सो जानकारी दिएका हुन् । सरकारले साउन १५ देखि होटल–रेस्टुरेन्ट खोल्न दिने निर्णय पनि गरेको छ । तर होटल–रेस्टुरेन्ट खुलेपनि सामूहिक भोज, पार्टी र सेमिनार जस्ता गतिविधि भने सञ्चालन भने गर्न पाइने छैन ।
त्यस्तै लगातार परेको अविरल वर्षासँगै देशभरका नदीनालामा बाढी आएको छ । कोसी नदीको चतरा, वाग्मती नदीको खोकना, नारायणी नदीको देवघाटमा खतराको तह पार गरेको छ । नारायणी नदीको देवघाट, अरुणको सिम्ले, तमोर नदी र त्रिवेणी नदीमा जल सतह खतराको तहमा पुगेको हो ।
सहसचिव तहका व्यक्तिका परिवारले समेत भूमिहिनको रुपमा लामो समयदेखि जग्गा ओगटेर बसेको भूमि सम्बन्धी समस्या समाधान आयोगका अध्यक्षले बताएका छन् । आयोगका अध्यक्ष देवीप्रसाद ज्ञवालीले मंगलवार मुस्लिम आयोगका पदाधिकारीसँगको भेटमा सो कुरा बताएका हुन् । उनले अहिले १४ लाख भूमिहिन परिवारलाई जग्गा उपलब्ध गराउन लागिएको जानकारी समेत दिए ।
त्यस्तैगरी नेपाल उद्योग वाणिज्य महांसघको वरिष्ठ उपाध्यक्ष पदका लागि उपाध्यक्षहरु चन्द्रप्रसाद ढकाल र किशोर प्रधानले प्यानलसहित उम्मेदवारी घोषणा गरिसकेका छन । ढकाल र प्रधान दुवै समुहले आ–आफुले चुनाव जित्ने दावी गरेका छन् । महांसघको यहि साउन २६ र २७ गते हुने अधिवेशनमा दुवै पक्षले आ–आफ्नो दावी गरेका हुन् ।
नेकपाका विदेश विभाग उपप्रमुख एवं केन्द्रीय सदस्य विष्णु रिजालले नेता नेकपाका शीर्ष नेताहरु विभिन्न दाउपेच अपनाउँदा अपनाउँदै थाकेकाले अब छिट्टै पार्टीभित्रको विवाद साम्य हुने बताएका छन् । मंगलबार केन्द्रबिन्दु अनलाइनसँग विशेष अन्तवार्ता दिँदै रिजालले सो कुरा बताएका हुन् । शीर्ष नेताहरुका दाउपेचहरु कुनै प्रयोग हुन नपाउँदै, कुनै प्रयोगका चरणमा र कुनै दाउपेच विफल हुने पर्खाइमा रहेको नेता रिजालको भनाइ छ । पूरा समाचारका लागि केन्द्रबिन्दु बुलेटिन हेर्न नभूल्नुहोला…..





























प्रतिक्रिया