काठमाडौं ।
नेपाल उद्योग वाणिज्य महांसघको यहि साउन २६ र २७ गते अधिवेशन हुँदैछ । महासंघको अध्यक्षमा अहिलेका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा स्वतः अध्यक्ष बन्दैछन् । वरिष्ठ उपाध्यक्ष पदका लागि उपाध्यक्षहरु चन्द्रप्रसाद ढकाल र किशोर प्रधानले प्यानलसहित उम्मेदवारी घोषणा गरिसकेका छन् ।
ढकाल र प्रधान दुबै समुहले आ–आफूले चुनाव जित्ने दावी गरेका छन् भने वाणिज्य महासंघमा व्यवसायीक र सक्षम नेतृत्व आउनु पर्नेमा वरिष्ठ उपाध्यक्ष पदका दुबै उम्मेद्वारहरुले जोड दिएका छन् ।
महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघको वरिष्ठ उपाध्यक्षमा व्यवसायीक व्यक्तित्व नै आउनु पर्ने बताएका छन् । ढकालले उद्योगी व्यवसायीका समस्या समाधानका लागि सरकार र नियामक निकायसँग कुरा उठाउन सक्ने क्षमता भएको नेतृत्व आउनु पर्नेमा जोड दिएका छन् ।
उपाध्यक्ष ढकालले आउने नेतृत्वले देशमा व्यसायीक क्रियाकलाप बढाउन, रोजगारी सिर्जना गर्न, विदेशबाट एफडिआई भित्र्याउन र समग्रमा अर्थतन्त्रलाई चलायमान बनाउन सक्नुपर्ने बताए ।
त्यस्तै, वरिष्ठ उपाध्यक्षका अर्का उम्मेदवार अर्थात अहिलेका उपाध्यक्ष किशोर प्रधानले वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाको नेतृत्व सक्षम बन्ने बताएका छन् । कोभिड १९ ले उद्योग व्यवसायमा पारेको असरलाई कम गर्न गोल्छाले खेलेको भूमिकाले सक्षम नेतृत्व पाउने प्रमाणित भइसकेको बताए ।
उपाध्यक्ष प्रधानले देशका सबै साना, मझौला र ठूला उद्योगी व्यवसायीको व्यापार प्रवर्दनदेखि उत्पादन र निर्यात सहज बनाउन काम गर्ने नेतृत्व आउनु पर्ने बताए । त्यसका लागि आफ्नो टिम सक्षम भएको समेत उनले दावी गरेका छन् ।





























प्रतिक्रिया