आफूविरुद्ध मुद्धा दर्तापछि रवि लामिछानेको आक्रोश- ‘इरिटेट गर्ने पनि सिमा हुन्छ’

आफूविरुद्ध मुद्धा दर्तापछि रवि लामिछानेको आक्रोश- ‘इरिटेट गर्ने पनि सिमा हुन्छ’


राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूविरुद्ध सर्वोच्च अदालतमा मुद्धा दर्ता भएपछि आक्रोश व्यक्त गरेका छन् । 

अमेरिकी नागरिकता त्यागेको सक्कल निस्सा सरकारी निकायमा पेस गरि नेपाली नागरिकता पुन कायम गरिसक्दा पनि आफूमाथि निरन्तर प्रहार भइरहेको भन्दै बिहीवार सामाजिक सञ्जालमार्फत सभापति लामिछानेले ‘मान्छेलाई इरिटेट गर्ने पनि सिमा हुन्छ’ भन्दै आक्रोश पोखेका हुन् । उनले घण्टी बजाउन मात्रै नभई घण्टीले बजाउन पनि जानेको चेतावनी दिएका छन् ।

यस्तो छ उनको स्टाटस-

मुद्दा हाल्नु र मुद्दा हाल्ने उद्योग चलाउनु दुई अलग कुरा हुन् । मान्छेलाई इरिटेट गर्ने पनि सिमा हुन्छ।
१) सर्वोच्च अदालतको मिती २०७९/१०/१३को फैसलाको प्रकरण नं.२२, २८ र ३२ मा मैले अमेरिकी नागरिकता परित्याग गरेको तथ्य confirm गरेको छ।
२) अमेरिकि नागरिकता त्यागेको सक्कल निस्सा जिप्रका काठमाडौमा पेस गरि नेपाली नागरिकता पुन कायम गराएको छु ।
३) अदालतले झिकाउनु भनेको अमेरिकी राहदानीको सक्कल निस्सा मैसँग भएकाले मिति २०८०/०२/ ०९ मा सर्वोच्च अदालतमा बुझाइसकेको छु। यसको जानकारी र सक्कल बमोजिम नक्कल मिती २०७५/०३/०६ मा अध्यागमनलाई सप्रमाण बुझाइसकेको थिएं। टेलीभिजन बाट घोक्रो सुक्ने गरि सप्रमाण बोलीसकेको थिएं।
४) घण्टी लाई बजाउन मात्र होईन घण्टीले बजाउन पनि मिल्छ।

बुधबार मात्रै सिन्धुलीका युवराज पौडेल ‘सफल’ले सभापति लामिछानेले नेपाली नागरिकता पुनः कायम गराउँदा अमेरिकी नागरिता त्यागेको निस्सा नबुझाएको भन्दै सर्वोच्चमा मुद्धा दर्ता गराएका थिए, जसमा लामिछानेको सांसद पद खारेजको माग गरिएको छ । 

रवि लामिछानेविरुद्ध सर्वोच्चमा मुद्दा दर्ता, सांसद पद खारेज गर्न माग

Logo