अजोड इन्सुरेन्सको आज बाँडफाँट गरिएको आइपीओमा २ लाख ११ हजार ४९८ जनाको हात खाली भएको छ ।
बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलको कार्यालय लाजिम्पाटमा शुक्रबार दिउँसो गोलाप्रथाका माध्यमबाट आइपीओ बाँडफाँट गरिएको थियो । जसमा २ लाख ७३ हजार जनाले १० कित्ताका दरले आइपीओ हात पारेका छन् ।
यसमा कुल १ अर्ब ८१ करोड ६३ लाख ९९ हजार रुपैयाँ बराबरको आवेदन परेको थियो । ५ लाख २ हजार २९८ जनाले १ करोड ८१ लाख ६३ हजार ९९० कित्ताका लागि आवेदन दिएका हुन् । जसमा भेरीफाई गर्दा ४ लाख ८४ हजार ४९८ जना योग्य आवेदकको संख्या रहेको बिक्री प्रबन्धकले जनाएको छ ।
अजोडले असार २५ गतेबाट ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आइपीओ बिक्रीमा ल्याएको थियो । आइपीओ बाँडफाँटपछि चुक्ता पुँजी १ अर्ब रुपैयाँ पुग्नेछ । हाल अजोडको अधिकृत पुँजी १ अर्ब र चुक्ता पुँजी ७० करोड रुपैयाँ रहेको छ ।

























प्रतिक्रिया