नुवाकोट।
जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटले गत आर्थिक वर्ष २०७६/७७ मा एक करोड ५८ हजार राजस्व उठाएको छ ।
अघिल्लो आव २०७५/७६ को तुलनामा रु ५१ लाख राजस्वमा कमी आएको छ । सो आव २०७५/७६ मा जरिवाना राजस्वमा १ करोड ५१ लाख २६ हजार राजस्व उठाएको थियो भने गत आव ०७६/७७ मा एक करोड ५८ हजार मात्र उठेको कार्यालयका प्रहरी नायब निरीक्षक विकल भट्टराईले बताए ।
उनका अनुसार गत वर्षको तुलनामा यस वर्ष कारवाही गरिएको मध्ये जरिवाना राजस्वमा ५१ लाख कमी छ । गत वर्षभन्दा यस वर्ष राजस्व र कारवाही सङ्ख्यामा कमी आउनुको मुख्य कारण लकडाउन रहेको जनाइएको छ ।
गत आवमा ट्रक तीन, टिपर दुई, बस दुई, कार, जिप एक तथा मोटरसाइकल १५ दुर्घटनामा परेका थिए । प्रनानि भट्टराई भन्छन् , “गत वर्षको सवारी दुर्घटनामा परी मृत्यु हुने ११ जना, गम्भीर घाइतेको सङ्ख्या १६, सामान्य घाइतेको सङ्ख्या नौ गरी जम्मा दुर्घटना सङ्ख्या १९ रहेको छ ।”
अघिल्लो आवमा सडक दुर्घटनाको तथ्याङ्क अनुसार जम्मा सवारी दुर्घटना–२३ मृत्यु हुनेको सङख्या–४१, गम्भीर घाइते हुनेमा २९, सामान्य घाइते हुनेमा १६ रहेका थिए । गत आवको तथ्याङ्क अनुसार सवारीसाधनको रुट परमिट नभएका, ब्लुबुक फेल भएका, लाइसेन्स फेल भएका र नभएका गरी विभिन्न सवारीसाधन गरी १४ हजार ७३१ मध्ये लकडाउनको समय चैतदेखि असारसम्मको तथ्याङ्कमा कारवाही सङ्ख्या एक हजार ७८१ रहेका छन् । ती साधनबाट ११ लाख ९६ हजार ५०० राजस्व सङ्कलन भएको थियो ।
गत वर्ष ०७५/७६ मा कारवाहीमा परेका २२ हजार ६५६ साधनबाट राजस्व ४६ लाख ७१ हजार ५०० उठेको थियो ।रासस





























प्रतिक्रिया