नयाँ कर नीतिप्रति पूँजीबजार लगानीकर्ता असन्तुष्टः अर्थमन्त्रीको घर घेराउ गर्ने

नयाँ कर नीतिप्रति पूँजीबजार लगानीकर्ता असन्तुष्टः अर्थमन्त्रीको घर घेराउ गर्ने

केन्द्रबिन्दु
0
Shares

नीति तथा कार्यक्रममार्फत ल्याइएको नयाँ कर नीतिको पूँजीबजारका लगानीकर्ताले विरोध गरेका छन् । सरकारले ल्याएको आयकर बढाउने नीतिलाई स्वीकार्न नसकिने भन्दै आन्दोलन थालेका उनीहरुले आज माइतीघरमा विरोध प्रर्दशन गरेका छन् । 

विरोध कार्यक्रममा पूँजीबजार सुधारका अभियन्ता तिलक कोइरालाले सरकारले पूँजी बजार मारा नीति ल्याएको भन्दै चर्को आपत्ति जनाए । ‘हाम्रो बेहाल हुन्छ, अहिले पुँजीबजार मारा नीति ल्याएर पूँजीबजारलाई थला पारेर यो बजार वर्षौ उठ्दैन ।’

अर्थमन्त्रीले शेयर मार्केटबारे दिएको अभिव्यक्तिप्रति पनि उनले असन्तुष्टि पोखे । ‘अर्थमन्त्रीले भनेको ९९ प्रतिशतको कुरा होईन्, यो १ सय प्रतिशतको कुरा हो ।’ उनले भने, ‘पुँजीबजार जागिर खाए जस्तो होईन्, जागिरमा महिना मरेपछि पैसा आउँछ कर काटिन्छ, तर पुँजीबजार जोखिमको ठाँउ हो । यहाँ लगानि गरेर आम्दानी हुने होईन् गुमाउने सम्भावना छ । कमाउनको लागि यो स्थानमा धेरै काम गर्नुपर्छ ।’

शेयर बजारमा यसअघिको भन्दा थप एक रुपैयाँ पनि कर तिर्न नसकिने उनको तर्क छ । उनले भने, ‘यस्तो स्थानमा हामीले काम गरिरहेका छौ, यस्तो स्थानमा सबैभन्दा चर्को कर लगाएर हामीलाई निरुत्साहित गरियो भने, हामी त भाग्छौ नै तर नयाँ आउने पनि कोही टिक्दैन् । आईपीओ बिक्दैन् बजार खतम भएर जान्छ । सरकारले १ रुपैयाँ पनि कर उठाउन सक्दैन् यो स्थानबाट ।’

उनले आइतबार अर्थमन्त्रीको घर घेराउ तथा कारोबार रोक्ने लगायतका आन्दोलन गर्नेसमेत चेतावनी दिएका छन् । 

Skip This
Skip This
Logo