नेपाली बजारमा जिहोको इलेक्ट्रिक स्कुटर सार्वजनिक, यस्तो छ फिचर र मूल्य

नेपाली बजारमा जिहोको इलेक्ट्रिक स्कुटर सार्वजनिक, यस्तो छ फिचर र मूल्य

केन्द्रबिन्दु
0
Shares

नेपाली बजारमा नयाँ इलेक्ट्रिक स्कुटर ब्रान्ड ‘जिहो’ भित्रिएको छ । रिलायन्स ग्रुपले ऋषि ट्रेड सेन्टरको सहकार्यमा काठमाडौंमा एक कार्यक्रमका बीच जिहोको नयाँ स्कुटर एई८ नेपाली बजारमा सार्वजनिक गरेको हो । 

म्याक्सी स्टाइलको इलेक्ट्रिक स्कुटर जिहो एई८ को फ्रन्ट फेसिया ‘मेक–फेस’ डिजाइनको छ र यसमा भी आकारको एलईडी हेडलाइट छ भने यसको बडी सेमी–क्रसबाउ डिजाइनमा आधारित छ । साथै ट्युबलेस टायर, ब्रेम्बो क्यालिपरको ड्युअल डिस्क ब्रेक छ भने स्ट्यान्डर्ड ब्रेकिङ टाइप तथा टेलिस्कोपिक फोर्क सस्पेन्सन र हाइड्रोलिक सक एब्जर्बर पनि उपलब्ध छ । 

कम्पनीका अनुसार यस इलेक्ट्रिक स्कुटरमा ५ किलोवाटको मोटर जडान गरिएको छ, यसको पिक पावर २.५ किलोवाट र पिक टर्क २१८ एनएम छ । सो स्कुटर २.६ सेकेन्डमै ० देखि ५० किलोमिटर सम्मको गति लिन सक्छ र टप स्पिड १०० किलोमिटर भन्दा बढी छ ।

स्कुटरमा ड्युअल ब्याट्री सिस्टम छ । प्रत्येक ब्याट्री ६९ भोल्ट ३२ एएच क्षमताका छन् । ब्याट्रीलाई चार घण्टामा फुल चार्ज गर्न सकिन्छ । यसले सिंगल चार्जमा १२० देखि १४० किलोमिटर सम्मको रेन्ज दिने कम्पनीको दाबी छ । 

ब्ल्याक र ह्वाइट गरी दुई कलरमा यस इलेक्ट्रिक स्कुटरको मूल्य ४ लाख ९० हजार रुपैयाँ तोकिएको छ । यस स्कुटर काठमाडौंको नक्साल, नारायणचौरस्थित सीएफ मोटो शोरुमबाट खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।

Skip This
Skip This
Logo