रोयल इन्फिल्डको नयाँ स्क्र्याम्बलर बाइक स्क्राम ४११ नेपाली बजारमा सार्वजनिक भएको छ । नेपालका लागि आधिकारिक वितरकको रुपमा नियुक्त भए पश्चात अल्फा टोमोटिभले पहिलोपटक नयाँ बाइकको रुपमा स्क्राम ४११ नेपाल भित्र्याएको हो ।
भारतमा गत वर्ष नै लन्च गरिए पनि नेपालमा भएको आयात प्रतिबन्धका कारण कुनै पनि बाइक भित्रिन सकेका थिएनन् । रोयल इन्फिल्ड स्क्राम ४११ रोयल इन्फिल्ड हिमालयनमा आधारित छ । तर हिमालयको तुलनामा यसमा निकै नै परिवर्तन गरिएको छ । सो बाइकमा स्लिक हेडल्याम्प कभर, सानो ट्याङ्की एक्स्टेन्सन, ब्यास प्लेट, सिंगल पिस सिट र सिंगल पिस पिलियन ग्र्याब ह्यान्डल छन् । स्क्रामको फ्रन्टमा १९ इन्च टायर र रियरमा १७ इन्च टायर छन् ।
यस्ता छन् फिचरहरु
यसको सिटको उचाइ पनि हिमालयन भन्दा ५ एमएम कम रहेको छ । रोयल इन्फिल्डको नयाँ स्क्रायाम्बलरको ग्राउन्ड क्लियरेन्स २०० एमएम छ ।
स्क्राम ४११ मा रोयल इन्फिल्ड मेटियर ३५० मा जस्तै इन्स्ट्रयुमेन्ट कन्सोल एक सेमी–डिजिटल युनिट जस्तै छ । मुख्य इन्स्ट्रयुमेन्ट पोडमा फ्युल गेज, टाइम, ट्रिपमिटर, ओडोमिटर इत्यादिका लागि डिजिटल रिड आउटको साथ एनालग स्पिडोमिटर छ । सो बाइक मानकको रूपमा ड्युअल च्यानल एबीएसको साथ आउँछ । हाफ डुप्लेक्स स्प्लिट क्याडल फ्रेममा आधारित, यो ४१ एमएम टेलिस्कोपिक फ्रन्ट फोर्क (१९० एमएम ह्विल ट्राभल) र रियरको लिंकेज भएको मोनोसक (१८० एमएम ह्विल ट्राभल) मा सस्पेन्ड गरिएको छ ।
रोयल एनफिल्ड स्क्राम ४११ मा पावरको लागि हिमालयन जस्तै ४११ सीसी सिंगल सिलिन्डर इन्जिन दिइएको छ, जसले २४ दशमलव ३ बीएचपी पावर र ३२ एनएमको टर्क जेनेरेट गर्छ ।





























प्रतिक्रिया