बुटवल ।
सूर्य नेपाल प्रालिले प्रदेश नं ५ कोभिड–१९ नियन्त्रण तथा उपचार कोषमा एक करोड सहयोग गरेको छ । मुख्यमन्त्री शङ्कर पोखरेललाई प्रालिका उपाध्यक्ष रवि केसीले बुधबार उक्त रकमको चेक हस्तान्तरण गरे ।
सो अवसरमा मुुख्यमन्त्री पोखरेलले सूर्य नेपाललाई आफ्नो लगानी प्रदेश नं ५ मा पनि ल्याउन आग्रह गरे । उपाध्यक्ष केसीले आफूहरुले प्रदान गरेको रकम विशेष गरी अस्पतालका भेन्टिलेटर र सघन उपचार कक्षका लागि प्रयोग गर्न आग्रह गरेका थिए ।





























प्रतिक्रिया