आर्थिक विधेयक टाइप गर्न नासुलाई ल्याएको होः अर्थमन्त्री महत

आर्थिक विधेयक टाइप गर्न नासुलाई ल्याएको होः अर्थमन्त्री महत

केन्द्रबिन्दु
0
Shares

अर्थमन्त्री डा. प्रकाशरण महतले आर्थिक विधेयक टाइप गर्नका लागि अवकाशप्राप्त नासुलाई राखिएको बताएका छन्। मंगलबार प्रतिनिधिसभा बैठकमा जवाफ दिँदै अर्थमन्त्री डा। महतले यस्तो बताएका हुन्।

उनले त्यहाँ रामकृष्ण श्रेष्ठलाई आफू आउनुभन्दा अगाडि नै नियुक्ति गरिएको स्पष्ट पारे।
“निर्णय प्रक्रियामा मसहित सचिवहरू तथा महानिर्देशक मात्र संलग्न थियौँ,” उनले भने, “हामीले भनेअनुसार टाइप गराउने काम श्रेष्ठलाई गराएका थियौँ।”

उनले बजेटमा अनधिकृत व्यक्तिलाई संलग्न गराएको विषयमा मिडियामा असत्य खबर सार्वजनिक भएको जिकिर गरे। आफूले इमान्दार भएर बजेट ल्याएपनि प्रश्न उठाइएको उनले बताए। 

उनले कुनै पनि प्रभावबाट मुक्त भएर काम गर्छु भन्ने प्रतिबद्धता लिएर काम गरेको उल्लेख गरे। बजेटमा निजी स्वार्थ पूरा नभएपछि आफूमाथि प्रश्न गरिएको उनको भनाइ छ ।

Logo