पञ्चवर्षीय योजनाको प्रगति सार्वजनिक गर्न ओलीको माग

पञ्चवर्षीय योजनाको प्रगति सार्वजनिक गर्न ओलीको माग

केन्द्रबिन्दु
0
Shares

एमाले अध्यक्ष केपी ओलीले, १५औँ पञ्चवर्षीय योजनाको प्रगति विवरण सार्वजनिक गर्न माग गरेका छन्। 

मंगलबार प्रतिनिधि सभामाउनले १५ औँ पञ्चवर्षीय योजनाको अन्तिम वर्षमा आइपुग्दा योजनाको उपलब्धि के कतिभयो र उक्त योजना कार्यान्वयनको चार वर्षमा भएको प्रगति विवरण बारे जानकारी गराउन सरकारसंग माग गरेका हुन्।

उनले भने,‘१५औँ पञ्चवर्षीय योजनाको यो अन्तिम वर्ष हो,चार वर्षमा हामीले के कति प्रगति गर्‍यौँ,कति पूरा गर्न बाँकी छ ?कति पूरा गर्न सम्भव छ? कति पूरा गर्न सम्भव छैन? के कारणले सम्भव छैन?र बाँकी रहेको काम गर्न कसरी अगाडी बढ्छौँ ?१५औँ योजनाको लक्ष्य भन्दा हामी अगाडी छौँ वा यो आवमा बल गर्दा खेरि पूरा हुन सक्छ वा सक्दैन?’
 
उनले पन्ध्रौ योजनाको समयावधि पूरा हुन एक वर्ष मात्रै समय रहेको स्मरण गराउँदै १६ औं योजना सुरु हुँदा १५ औँ योजनाको प्रगतिविवरण के कस्तो रहन्छ र १६ औँ योजनाको सुरुआतगर्दा सरकारले कहाँबाट गर्ने हो सो बारेमा स्पस्ट हुनुपर्ने धारणा राखे । 

त्यस्तै उनले विश्वव्यापी रुपमा २०१५ देखि सुरु गरेको दिगो विकास गन्तव्यको १७ओटा मूल लक्ष्यहरु पूरा गर्न तय गरिएका कार्यक्रमका लागि यो वर्षको बजेटले कसरी कार्य गर्ने हो सो बारेमा समेत सरकारको जवाफ मागेका छन् । 

उनले भने,‘दिगो विकासको गोल्स र टार्गेटस् पूरा गर्न हाम्रो यो वर्षको बजेटले के योगदानगर्नसक्छ ? यो समयखण्डमा हामी के गर्न सक्छौ र के गछौं ?’
उनले नेपाल अब विकासशील राष्ट्रमा स्तर उन्नति हुन लागेको भन्दै सस्तो व्याजदरमा जुन ऋण तथा अनुदान पाउँदै आइरहेको हो सो विकासशील राष्ट्रमा पुगेपछि नपाइने हुँदा त्यसको असर हाम्रो दिर्घकालीन विकास कार्य र योजनाहरुमा पर्ने बताउँदै सो बारे तयारी गर्न समेत सरकारलाई आग्रह गरे। 

Logo