काठमाडौं ।
विभिन्न माग राख्दै औषधि व्यवसायीहरुले आज पनि आन्दोलन गरेका छन् । नेपालमा उत्पादन हुने औषधिहरुको आयातमा रोक लगाउनु पर्ने, स्थानीय औषधि उद्योगलाई प्रोत्साहन गर्नु पर्ने माग राख्दै व्यवसायीहरु आन्दोलनमा उत्रिएका हुन् ।
आफूहरुसँग सरकारले पटक पटक सम्झौता गरेपछि कार्यान्वयन नभएको व्यवसायीहरुको गुनासो छ । औषधिजन्य वस्तुको दर्ता र गुणस्तरमा सम्झौता गर्न नहुने, गुणस्तरहिन औषधि आयात र विक्रि वितरणमा प्रतिवन्ध लगाउनु पर्ने माग राख्दै व्यवसायीहरुले आन्दोलन सुरु गरेका हुन् । नाकाबन्दी र भूकम्पको समयमा समेत औषधि अभाव हुन नदिएको स्मरण गर्दै नेपाल औषधि उत्पादक संघका पूर्वअध्यक्ष उमेशलाल श्रेष्ठले औषधि उद्योगमाथि सरकारले कुदृष्टि राखेको बताए ।
असार २२ गते सेनिटाइजर दर्ताको म्याद तीन महिना थप्ने निर्णय गरेसँगै औषधि उत्पादक संघको आपत्ति छ । नेपालमा अहिले पनि सेनिटाइजरको गुणस्तरिय र व्यवस्थित रुपले उत्पादन भइरहेको उनले बताए । सरकारले एकलौटी रुपमा औषधिमा दशौं गुणासम्म बढाइएको राजस्व खारेज गर्नु पर्ने, विनादर्ता र गुणस्तर स्यानिटाइजर बिक्री गर्दा जनताको स्वास्थ्यमा असर गर्ने भन्दै त्यसलाई रोक लगाउनु पर्ने उनीहरुको माग छ ।





























प्रतिक्रिया