आज पनि बैंक तथा वित्तिय संस्थाहरू पनि खुल्ला हुने भएका छन्। चालु आर्थिक वर्षको अन्तिम शनिबार भएकाले राजश्वलगायतको बिषयलाई ध्यानमा दिँदै शनिबार पनि बैंक तथा वित्तिय संस्था खुल्ला नै रहन लागेका हुन्।
सो कार्यका लागि नेपाल राष्ट्र बैंकले यसअघि नै परिपत्र जारी गरेर बिदाका दिन पनि बैंक तथा वित्तीय संस्था खुल्ला गरेर कारोबार गर्न निर्देशन दिएको थियो। अर्थ मन्त्रालय र महालेखा नियन्त्रक कार्यालयले असार २३ र ३० गते शनिबारका दिन पनि सेवा बन्द नगर्न राष्ट्र बैंकलाई अनुरोध गरेपछि गत शनिबार र आज बैंक तथा वित्तिय संस्थाहरु खुल्ला भएका हुन्।
जसअनुसार चालु आर्थिक वर्षको अन्तिममा राजस्व भुक्तानी,चेक क्लियरिङ तथा विद्युतीय रकम ट्रान्सफरका लागि बढी चाप पर्ने भएकाले शनिबार पनि सेवा उपलब्ध गराउन राष्ट्र बैंकले निर्देशन दिएको थियो।





























प्रतिक्रिया