‘किस्ता र ब्याज तिर्ने समय थपौँ, नत्र अर्थतन्त्र संकटमा पर्छ’ –उद्योग वाणिज्य महासंघ

‘किस्ता र ब्याज तिर्ने समय थपौँ, नत्र अर्थतन्त्र संकटमा पर्छ’ –उद्योग वाणिज्य महासंघ

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाल उद्योग बाणिज्य महासंघले ऋणको किस्ता र ब्याज तिर्ने समय थप्न माग गरेको छ ।

कोरोनाका कारण लामो समय लकडाउन हुँदा व्यवसायीहरुले ऋण तिर्न नसक्ने अवस्था भएको भन्दै महासंघले किस्ता र ब्याज तिर्ने समय बढाउन माग गरेको हो । महासंघले गत चैतदेखि सबै उद्योग व्यवसायको ऋणको किस्ता र ब्याज तिर्ने समय सहज अवस्था नहुन्जेलसम्मका लागि बढाउन माग गरेको छ ।

त्यस्तै, ब्याजलाई पूँजीकरण गरी कर्जाको पुनर्संरचना तथा पुनर्तालिकीकरण गर्न महासंघले राष्ट्र बैंकसँग माग गरेको छ । ‘आजको जटिल परिस्थितिलाई मनन गरी उद्योग व्यवसाय बचाउनेतर्फ नेपाल सरकार र राष्ट्र बैंकबाट उचित पहल नहुने हो भने कुनै पनि समय अर्थतन्त्र गम्भीर संकटमा फस्ने छ,’ महासंघद्वारा जारी विज्ञप्तीमा भनिएको छ । सार्वजनिक यातायात नखोल्दा यसले पनि व्यवसायीलाई निकै समस्या परेको र उद्योग व्यवसाय पूर्णरुपमा संचालन हुन नसक्दा व्यवसायीले ऋण तिर्न सक्ने अवस्था नभएको महासंघको भनाइ छ ।

राष्ट्र बैंकले साउनको पहिलो साता मौद्रिक नीति ल्याउने तयारी गरेको छ । तर महासंघले भने असार मसान्तभित्रै ल्याएर राहत दिन माग गरेको छ ।

Logo