द्रुतमार्गको प्रगति कमजोर देखिएपछि मन्त्री ज्वाला नेपाली सेनासँग असन्तुष्ट

द्रुतमार्गको प्रगति कमजोर देखिएपछि मन्त्री ज्वाला नेपाली सेनासँग असन्तुष्ट


काठमाडौं–तराई मधेश द्रुतमार्गको डिपीआर संशोधन भएको छ । मंगलवार बसेको मन्त्रिपरिषद्को बैठकले काठमाडौं–तराई/मधेश द्रुतमार्गको डिपीआर संशोधन गरेको हो ।

लागत समय र लागत मूल्य घट्नेगरी द्रुतमार्गको डिपीआर संशोधन भएको भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले जानकारी दिएका छन् । उनले भने ‘करिव २ अर्ब २ करोड लागत मूल्य र निर्माणको समयपनि घट्नेगरी द्रुतमार्गको डीपीआर संशोधन भएको छ । सुरुङ मार्ग थपिँदा सडकको लम्वाई घट्यो र मूल्य दुवै घट्यो ।’ 

२०७४ साल बैशाख २१ देखि निर्माण कार्य शुरु गरिएको काठमाडौं तराई-मधेश द्रुत मार्ग हालसम्म २५.५४ प्रतिशत मात्र प्रगति भएको छ । २०८३ साल चैत्र मसान्तसम्म सक्ने लक्ष्य लिइएको द्रुतमार्गको प्रगति कमजोर देखिएपछि मन्त्री ज्वालाले नेपाली सेनासँग असन्तुष्टि जनाएका थिए । ‘द्रुतमार्गको काम द्रुत गतिमाहुनुपर्ने हो तर प्रगति हेर्दा आशावादी छैन ।’ नेपाली सेनाका अधिकारीहरुसँग मन्त्री ज्वालाको भनाइ थियो । 

डिपीआर संशोधन भएपनि लागत मूल्य पनि घट्ने भएको छ । २ खर्व १३ अर्ब ९ करोड ५३ लाखको लागत रहेकोमा संशोधनपछि २ खर्व ११ अर्ब ९ करोड ३० लाख आयोजनाको लागत रहने भएको छ । केही सुरुङ, केही ग्यालरी सुरुङ बन्ने भएका छन् ।

Logo