नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले आमजन समुदायमा माग अनुसारको पूँजी प्रवाह हुन नसक्दा व्यवसायीहरुमा आत्मविश्वास कम हुँदै गएको टिप्पणी गरेका छन्।
आइतबार अर्थप्रधान अनलाइन पत्रिका केटिएम भ्वाइस डटकमद्वारा आयाेजित वित्तीय साक्षरता टेलिभिजन कार्यक्रममा अध्यक्ष ढकालले माग अनुसारको पूँजी प्रवाह हुन नसक्दा व्यवसायीहरुमा आत्मविश्वास कम हुँदै गएकाले प्रवाहलाई बढाउनुको विकल्प नभएको बताएका हुन्।
उनले भने,‘वास्तवमा अहिले आम पव्लिकमा यो डिमान्ड सप्लाईको चै धेरै नै कमि भएको छ। व्यवसायीक रुपमा धेरै कन्फिडेन्स् लुज भएको चै छ। सप्लाई धेरै नै कमि भएको हिसावमा व्यवसायीमा आत्मविश्वास जाग्न सकेको छैन।’
अध्यक्ष ढकालले व्यवसायीमा आत्मविश्वास बढाउन नेपाल राष्ट्र बैंक र सरकारको तर्फबाट माग आपूर्तिलाई बढाउने हिसाबले अगाडि नजाने हो भने पछुताउनुको विकल्प नहुने तर्क गरे। उनले भने,‘यो आत्मविश्वास बढाउनलाई नेपाल राष्ट्र बैंकले र सरकारको तर्फबाट माग आपूर्तिलाई बढाउने हिसाबले अगाडि नजाने हो भनेपछि हामीले पछुतो मात्र मान्ने बाहेक केहि हुन्न।’





























प्रतिक्रिया