दशैं-तिहारलाई लक्षित गर्दै हुन्डाईले ल्यायाे आकर्षक अफर

दशैं-तिहारलाई लक्षित गर्दै हुन्डाईले ल्यायाे आकर्षक अफर

केन्द्रबिन्दु
0
Shares

हुन्डाई गाडीको नेपालका लागि आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले दशैं-तिहारलक्षित फेष्टिभ डिलाईट २०८० योजना सार्वजनिक गरेको छ ।

आफ्ना ग्राहकहरुको दशैं-तिहार विशेष र हर्षोल्लासपूर्ण बनाउन हुन्डाइले विगतका वर्षहरुमा गाडीका साथै अन्य आकर्षक उपहारहरु दिँदै आएको छ । यस वर्ष पनि यहि परम्परा कायम राखि १ जना भाग्यमानीले हुन्डाई एसयुभी लक्की ड्रमार्फत प्राप्त गर्न सक्नेछन् । 

हुन्डाईको चाड पर्व लक्षित योजना नेपाली अटोमोवाइल बजारमा सबैभन्दा बहुप्रतिक्षित योजना मानिँदै आएको छ ।

हुन्डार्ड फेष्टिभ डिलाइट २०८० अन्तर्गत कुनैपनि हुन्डाई गाडीको खरीदमा रु. ६ लाख सम्मको आकर्षक नगद छुट, स्क्राच कार्डमार्फत थप रु.१ लाख सम्मको नगद छुटका साथै १ वर्षको लागि निःशुल्क सवारी वीमा तथा सवारी कर सुविधा पनि प्राप्त गर्न सक्नेछन् । आफ्ना ग्राहकहरुको सन्तुष्टिको निमित्त हुन्डाईले सदैव समय सापेक्षिक ग्राहक लक्षित योजनाहरु सार्वजनिक गर्दै आइरहेको छ ।

२१ भाद देखि शुरु भएको यस हुन्डाई फेष्टिभ डिलाइट २०८० योजनामा आउँदै गरेको नाडा अटो शोमा गाडी खरिद गर्नेहरुले पनि यो योजनामा सहभागिता जनाउन योग्य हुनेछन् । नाडा अटोशो २०२३ मा हुन्डाईको एसयुभी स्टल भ्रमण गरेर हुन्डाईका विभिन्न उत्पादनहरुको अवलोकन गरी आफ्ना जिज्ञासाहरु पनि मेट्न सक्नेछन् । सबैै हुन्डाईका गाडीमा ३ वर्ष वारेन्टी र ६ वर्षको फ्रि सर्भिसिङ्ग उपलब्ध छ । 

यो योजना मंसिर ३ (छठ पर्व) सम्म लागू हुनेछ । 

Logo