काठमाडौं ।
नेपाल बैंकर्स संघका निवर्तमान अध्यक्ष तथा नेपाल बंगलादेश बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगानाले ऋणको किस्ता र ब्याजदर तिर्न व्यवसायीलाई दबाव नदिएको बताएका छन् ।
व्यवसायीहरुले बैंकले आफूहरुलाई किस्ता र ब्याज तिर्न लगातार दबाव दिएको भन्दै विरोध गरेका बेला प्रमख कार्यकारी अधिकृत ढुंगानाले यस्तो बताएका हुन् । ‘सक्ने व्यवसायीहरुलाई मात्रै स्वतःस्फूर्त रुपमा तिर्न अनुरोध मात्र गरेका हौँ, नसक्नेलाई होइन ।’ उनले भने ।
कोरोनाका कारण थला परेका व्यवसायीलाई सावाँ र ब्याज तिर्ने म्याद असार मसान्तसम्म सारिएको छ । सो समयसम्म पनि व्यवसायीले सावाँ तथा ब्याज तिर्न सक्ने अवस्था नभएको व्यवसायीको भनाइ छ । व्यवसाय चलिरहेकाहरुले केही मात्रामा सावाँ ब्याज तिर्दै जाँदा आफैंलाई भार कम हुने तथा बैंकलाई पनि सहयोग पुग्ने भएकाले अनुरोध मात्रै गरेको ढुंगानाले बताए ।
चैतदेखिको सावाँ तथा ब्याज तिर्ने म्याद असोजसम्म सार्दा एकातिर ऋणीलाई एकैचोटी धेरै रकम तिर्नु पर्ने र अर्कातिर समयमा लगानी नउठ्दा बैंकको खराब कर्जाका दर बढ्ने जाने हुँदा पूरै बैंकिङ प्रणाली प्रभावित हुने उनको भनाइ छ ।





























प्रतिक्रिया