सेकेन्डरी मार्केटलाई चलायमान बनाउने काम अघि बढाएका छौंः अध्यक्ष हमाल

सेकेन्डरी मार्केटलाई चलायमान बनाउने काम अघि बढाएका छौंः अध्यक्ष हमाल

केन्द्रबिन्दु
0
Shares

नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले सेकेन्डरी मार्केटलाई चलायमान बनाउने काम अगाडि बढाएको बताएका छन् । 

शुक्रबार काठमाडौंमा आयोजित लगानी प्रवर्द्धन विषयक सार्वजनिक निजी संवाद कार्यक्रममा बोल्दै अध्यक्ष हमालले सेकेन्डरी मार्केटलाई चलायमान बनाउनका लागि चाहिने सुधार गर्नका लागि काम अगाडि बढाएको बताएका हुन् ।
 
उनले भने, ‘सेकेन्डरी मार्केटलाई चलायमान बनाउनका लागि चाहिने जुन सुधारहरु छन्, ती गर्नका लागि हामीले काम अगाडि बढाएका छौं । कतिपय कुराहरु सम्पन्न गरेका छौं ।  त्यसका लागि हामी गर्व महसुस गर्छौं तर हामी सबै निकायमा त्यो गर्न सक्छौं कि सक्दैनौं किनकी हामी एक आपसमा जोडिएका छौं ।’

अध्यक्ष हमालले नेपालमा ऐन सुधारको कुरामा वर्षौ वर्ष लाग्ने भन्र्दै ऐन सुधारको गतिको कम भएको बताए । 

Logo