साेमबार हालसम्मकै उच्च रेकर्ड राखेकाे सुनकाे मूल्य मंगलबार घटेकाे छ।
नेपाली बजारमा आज सुनको मूल्य २४ सय रूपैयाँले घटेकाे छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साेमबार १ लाख २१ हजार ६ सय रूपैयाँमा काराेवार भएकाे छापावाल सुन आज १ लाख १९ हजार २ सय रूपैयाँमा काराेवार भइरहेकाे छ।
साथै तेजाबी सुनको मूल्य आज तोलामा १ लाख १८ हजार ६ सय ५० रूपैयाँमा काराेवार भइरहेकाे छ। त्यसैगरी आज चाँदीको मूल्य ४५ रूपैयाँले घटेकाे छ। साेमबार १ हजार ५ सय ४५ रूपैयाँमा काराेवार भएकाे चाँदी आज १ हजार ५ सय रूपैयाँमा काराेवार भइरहेकाे छ।
प्रतिक्रिया