चोभारमा सञ्चालनमा आयाे क्यानोपी जिपलाईन, वर्षा राउतले गरिन् उद्घाटन

चोभारमा सञ्चालनमा आयाे क्यानोपी जिपलाईन, वर्षा राउतले गरिन् उद्घाटन

केन्द्रबिन्दु
0
Shares

अभिनेत्री वर्षा राउतले काठमाडाैंको चोभारस्थित मन्जुश्री पार्कमा सञ्चालनमा ल्याइएको नेपालको पहिलो क्यानोपी जिप लाईनको उद्घाटन गरेकी छिन् । 

शनिबारदेखि संचालनमा आएको जिप लाइनको शुभारम्भ गर्न पुगेकी अभिनेत्री वर्षाले तीन वटा स्टेसन रहेको क्यानोपी जिप लाईनको मज्जा समेत लिइन् । दश मिनेट खेल्न समय लाग्ने करिब ४ सय मिटरको क्यानोपीमा पहिलो चरणमा एडभेन्चर, दोस्रोमा डेयर डेभिल्स र तेस्रोमा द फन भन्दै खेलाइन्छ ।  

"मैले जिप लाईनको अनुभव पहिले एक पटक गरेको थिए तर रोकी रोकी फरक फरक स्टेशनमा फरक फरक एडभेन्चर क्यानोपीमा पाईदा अझै धेरै मज्जा हुने रहेछ" । मिडिया सम्बोधन गर्दै बर्षाले प्रतिक्रिया दिएकी छन् । उनले फिल्मका सुटिङ भइरहने चोभार एरियामा स्थापना भएका कारण यो जिपलाईनले पर्यटक सम्भावना थप बढ्ने विश्वाससमेत ब्यक्त गरिन् । 

\"\"

Logo