यसै महिना नेपाल भित्रिँदै ६२० किमी रेन्ज दिने स्काइवेलका विद्युतीय कार

यसै महिना नेपाल भित्रिँदै ६२० किमी रेन्ज दिने स्काइवेलका विद्युतीय कार

केन्द्रबिन्दु
0
Shares

सबैभन्दा बढी रेन्जको इलेक्ट्रिक कार दावी गरिएको स्काइवेलका विद्युतीय कार केही दिनमा नेपाल भित्रिने भएको छ । 

नेपाली बजारका लागि आधिकारिक वितरक जी मोटर्स अन्तर्गतको जी ईभीले उक्त इलेक्ट्रिक एसयूभी नेपालतर्फ प्रस्थान गरिसकेको र जनवरी महिनामै टेस्ट ड्राइभ तथा हस्तान्तरण समेत सुरु हुने जानकारी दिएकाे हाे । नेपाली बजारमा सबैभन्दा बढी रेन्ज अर्थात सिंगल चार्जमा ६२० किलोमिटर रेन्ज दिने दावी गरिएको स्काइवेल ईटी५ करिव तीन दर्जन युनिट बुकिङ भएको दावी गरिएको छ ।

सो एसयूभी विशेषगरी इन्टेलिजेन्ट स्टाइलिङ, इन्टेलिजेन्ट इन्जोइमेन्ट, इन्टेलिजेन्ट कनेक्टिभिटी, इन्टेलिजेन्ट ड्राइभिङ, इन्टेलिजेन्ट सेक्युरिटी, इन्टेलिजेन्ट इलेक्ट्रोनिक र इन्टेलिजेन्ट जोयमा आधारित रहेर प्योर ईभी प्ल्याटफर्ममा बनेको हो। यी विशेषताले यो विद्युतीय एसयूभीलाई प्रिमियम क्याटागोरी प्रदान गरेको छ।

स्काइवेल ईटी५ मा ८५.९ किलोवाट आवरको ब्याट्री प्याक रहेको छ । यसममा १५० किलोवाट क्षमताको विद्युतीय मोटर रहेको छ । यसको मूल्य १ करोड ९ लाख रुपैयाँ ताेकिएकाे छ । जी ईभीले गत भदौ महिनामा सम्पन्न नाडा अटो शोमा स्काइवेलको स्टल राखेर यसको बुकिङ खुल्ला गरेको थियो ।

Skip This
Skip This
Logo