सुनको मूल्यमा अर्को रेकर्ड , कति पुग्यो आज ?

सुनको मूल्यमा अर्को रेकर्ड , कति पुग्यो आज ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
आज सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । प्रतितोला ९०० रुपैयाँले बढेर मूल्य नयाँ उचाइमा पूगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ८८ हजार ६०० कायम गरिएको छ । यो मूल्य हालसम्म कै उच्च हो ।

सोमबार सुनको मूल्य प्रतितोला ८७ हजार ५०० थियो । यस्तै मंगलबार ८७ हजार ७०० कायम भएको सुन आज ८८ हजार ६०० मा कारोबार भइरहेको हो । आज तेजावी सुनको मूल्य प्रतितोला ८८ हजार १६० तोकिएको छ भने चाँदी आज प्रतितोला ९३५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीमा ५ रुपैयाँ बढेको हो ।

लकडाउनको ७६ दिन पछि खुलेको सुनचाँदी बजारमा पहिलो दिन मूल्य ८७ हजार ४०० कायम गरिएको थियो ।

Logo