सिटिजन्स बैंक इन्टरनेसनलले सहयोगी विकास बैंक गाभ्ने

सिटिजन्स बैंक इन्टरनेसनलले सहयोगी विकास बैंक गाभ्ने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
सिटिजन्स बैंक इन्टरनेसनले सहयोगी विकास बैंक गाभ्ने भएको छ । बैंकले सहयोगी विकास बैंकलाई गाभ्न पाँचौं विशेष साधारण सभा सम्पन्न गरेको छ ।

बैंकले कोरोना महामारीका कारण जुम मार्फत आफ्नो पाँचौं विशेष साधारण सभा सम्पन्न गरेको हो । बैंकका अध्यक्ष राजन सिंह भण्डारीले सहयोगी विकास बैंकलाई प्राप्ति (एक्विजिसन) गर्न गरेको विशेष प्रस्ताव बैठकले पारित गरेको बताए । सहयोगी विकास बैंकको १०० कित्ता सेयरलाई सिटिजन्स बैंक इन्टरनेसनलको ९१.७५ कित्ता सेयर (१ः०.९१७५) दिने गरी सेयर मूल्य अनुपात कायम भएको छ । जेठ २६ सम्म सहयोगी विकास बैंकलाई प्राप्ति गरेपछि बैंकको निक्षेप ७ अर्ब ५० करोड रुपैयाँ पुग्ने बैंकले जनाएको छ । बैंकको कर्जा लगानी ७९ अर्ब ६२ करोड रुपैयाँ पुग्नेछ ।

हाल सिटिजन्स बैंकको चुक्ता पूँजी ८ अर्ब ६२ करोड रुपैयाँ रहेकोमा प्राप्ति पछिको चुक्ता पूँजी ९ अर्ब ८ करोड रुपैयाँ पुग्नेछ । धनुषा, महोत्तरी, सिराहा, सर्लाही र सिन्धुली जिल्ला कार्यक्षेत्र भएको यस सहयोगी विकास बैंक लिमिटेडले १४ वटा शाखाहरूबाट बैंकिंग सेवाहरू प्रदान गर्दै आएको थियो ।

यी पाँच जिल्लामा हाल सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको ९ वटा शाखाहरू संचालनमा रहेकोमा यस बैंकको प्राप्ति सँगै २३ वटा शाखाहरू संचालनमा आउने छन् । जसबाट यस क्षेत्रका ग्राहकहरू लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

Logo