यस्तै औद्योगिक क्षेत्र र व्यवसायिक ग्राममा स्थापना हुने विशेष उद्योगलाई स्थापना भएको मितिले पाँच वर्षसम्म २५ प्रतिशत कर छुट दिइएको छ । "/>

कर: के-केमा बढ्यो, केमा घट्यो ?

कर: के-केमा बढ्यो, केमा घट्यो ?

केन्द्रबिन्दु
0
Shares

सरकारले   १५ प्रतिशत वन पैदावार शुल्क आजैबाट खारेज गरेको छ।

चुरोटमा कर बढेको छ भने गैरकर राजस्वको दर पुनरावलोकन गरिने उल्लेख छ ।

यस्तै औद्योगिक क्षेत्र र व्यवसायिक ग्राममा स्थापना हुने विशेष उद्योगलाई स्थापना भएको मितिले पाँच वर्षसम्म २५ प्रतिशत कर छुट दिइएको छ ।

नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकामा कारोबार गर्ने सम्पूर्ण सहकारीलाई क्रमश ५, ७ र १० प्रतिशत आयकर लाग्‍ने भएको छ । वार्षिक २० लाखसम्म कारोबार गर्ने साना करदाताले आयविवरण र कर मोबाइल एप्समार्फत बुझाउन सक्ने व्यवस्था सरकारले मिलाएको छ । सहकारीको आयकरमा छुट दिइएको छ।

कोरोनाबाट प्रभावित पर्यटन उद्योगलाई कर छुट दिने भएको छ। होटल, एयरलाइन्स तथा पर्यटनसँग सम्बन्धित सबै उद्योगलाई चालु वर्षको कर विवरणकोआधारमा २० प्रतिशत आयकर छुट दिने घोषणा गरेका हुन्।

त्यस्तै ढुवानी तथा चलचित्र भवनहरुलाई कर चौमासिक कर दाखिला गर्ने व्यवस्था मिलाइएको उनले घोषणा गरेका हुन्।

अर्थमन्त्री युवराज खतिवडाले बिहीबारको बजेट भाषणका क्रममा सो कुराको जानकारी दिएका हुन् ।

Logo