काठमाडौं ।
कोरोनाले उद्योग क्षेत्र निकै प्रभावित भएको भन्दै राहतको माग गरिरहेका उद्योगीहरुले बैंकर्ससँग मिलेर समस्या समाधान गर्ने भएका छन् । ऋणको ब्याजदरमा उठेका विषयहरुको अध्ययन गर्न नेपाल उद्योग बाणिज्य महासंघ र नेपाल बैंकर्स संघले संयुक्त रुपमा कार्यदल बनाएर समस्या समाधान गर्ने भएका हुन् ।
उद्योगी र बैंकबीच कार्यदल गठन गरेर आवश्यक सुझाब तयार पार्ने तथा त्यसै आधारमा कार्यान्वयन गर्ने सहमति भएको बैंकर्स संघले जनाएको छ । बैंकिङ तथा उद्योग ब्यवसायीहरु अहिलेको संकटकालिन अवस्थामा एकजुट भएर अगाडि बढ्नुको विकल्प नभएको उनीहरुको निष्कर्ष छ । कोरोनाका कारण मुलुकको अर्थतन्त्रका विभिन्न क्षेत्रमा परेको प्रभाव तथा चुनौतीका सम्बन्धमा दुबै पक्षबीच छलफल भएर सो निष्कर्षमा पूगेको बैंकर्स संघले जनाएको छ ।
उद्योगी र बैंकर्स मिलेर बनेको सो उद्योग वाणिज्य महासंघका तर्फबाट बैंकिङ समितिका सभापति सौरभ ज्योती रहेका छन् । महासंघका तर्फबाट दुई जनाको नाम टुंगो लगाउन बाँकी छ । त्यस्तै, सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) जनक शर्मा पौडेल, सानिमा बैंकका प्रमुख जोखिम अधिकृत निष्चल पाण्डे र बैंकर्स संघका प्रमुख कार्यकारी अनिल शर्मा रहेको संघले जनाएको छ ।





























प्रतिक्रिया