काठमाडौँ ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य ह्वात्तै घटाएको छ । निगमका अनुसार पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर १०/१० रुपैयाँका दरले घटेको हो ।
निगमको सञ्चालक समितिको बैठकले इन्धनको मूल्यमा १०/१० रुपैयाँ घटाउने निर्णय गरेको हो ।
अब पेट्रोल प्रतिलिटर ९६ रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य ८५ रुपैयाँ प्रतिलिटर कायम भएको छ । खाना पकाउने ग्याँसको मूल्यमा भने कुनै समायोजन गरिएको छैन । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटेका कारण नेपाल आयल निगमले पनि मूल्य समायोजन गरेको हो ।





























प्रतिक्रिया