काठमाडौं ।
नेपाल दूरसञ्चार प्राधिकरणले लकडाउनको समस्यालाई मध्यनजर गर्दै टेलिकम कम्पनीहरुलाई आफ्ना ग्राहकलाई सापटी सुविधा उपलब्ध गराउन निर्देशन दिएको भएपनि नेपाल टेलिकमका ग्राहकहरुले भने अहिलेसम्म सो सुविधा पाएका छैनन् ।
नेपाल टेलिकमका ग्राहकहरुले यस्तो सुविधा नपाएका हुन् । नेपाल दूरसञ्चार प्राधिकरणले भने अघिल्लो साता नै ग्राहकलाई सापटी दिन निर्देशन दिएको थियो ।
यतिबेला बजारमा रिचार्जकार्ड सर्टेज छ । भएका कार्डहरु पनि महंगोमा विक्रि भइरहेका छन् । सबै ग्राहकको पहुँचमा अनलाइन रिचार्ज प्रविधि छैन । यस्तो बेलामा कम्पनिले सापटी सुविधा दिने हो भने ग्राहकहरुले राहतको अनुभव गर्थे ।
यता प्रतिश्पर्धी निजी क्षेत्रको ठूलो मोबाइल सेवा कम्पनि एनसेलले भने सबै ग्राहकहरुलाई सापटी सेवा दिएको छ । एनसेलका ग्रहकहरुले रु. २०० सम्म सापटी लिन पाउँछन् । नेपाल टेलिकलसँग अहिले पनि सापटी सेवा छ तर यस्तो सेवा सीमित ग्राहकलाई मात्र दिइएको छ । सबैको पहुँचमा छैन । भएको पनि २० रुपैयाँ मात्रै दिने गरेको छ ।
अप्ठ्यारो परेका बेला कम्पनिबाट ग्राहकहरुले सुविधा नपाउने र बजारमा रिचार्जकार्ड पनि सर्टेज भएपछि नेपाल टेलिकमका लाखौं ग्राहकहरु यतिबेला समस्यामा छन् ।





























प्रतिक्रिया