आइएमई लाइफको ब्राण्ड एम्बासडरमा मनिषा कोइराला नियुक्त

आइएमई लाइफको ब्राण्ड एम्बासडरमा मनिषा कोइराला नियुक्त

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

आई.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनीको ब्राण्ड एम्बासडरमा देश तथा विदेशमा ख्याति प्राप्त नेपाली सेलिब्रेटी नायिका मनिषा कोइराला नियुक्त भएकी छिन् । यस सँगै अब कोइराला आई.एम.ई. लाइफ जीवनबीमाको ब्राण्ड दुतको भूमिकामा रहनेछिन् । कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँल र नायिका मनिषा कोइरालाले हालै राजधानी काठमाडौंमा आयोजित एक विशेष कार्यक्रमकावीच सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

अग्रणी एवं जीवन्त सेलिब्रेटी कोइरालाले आई.एम.ई. लाइफको ब्राण्ड तथा यसको मूल्य एवं मान्यतालाई सशक्त प्रतिनिधित्व गर्नेछिन् । हस्ताक्षर कार्यक्रममा संक्षिप्त मन्तब्य दिँदै नायिका कोइरालाले मानब जगतमा जीवनबीमाको निकै ठूलो महत्व रहेको औंल्याउँदै नेपाली जनतालाई आर्थिक सुरक्षा प्रदान गरि देशैभरि छरिएर रहेको पूँजीलाई एकिकृत गरि राष्ट्र निर्माणमा टेवा पुर्याउने अवधारण बोकेको आई.एम.ई. लाइफसँग साझेदारी गर्न पाउँदा खुशी रहेको बताइन् । साथै, कम्पनीको उत्तरोत्तर प्रगतिमा आफूले उत्कृष्ट भुमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

कोइरालासँगको सहकार्य घोषणा गर्दै आई.एम.ई. लाइफका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले भने, ‘मनिषा कोइरालासँग सहकार्य गर्न पाउँदा हामी धेरै उत्साहित छौं । उहाँ दृढ विश्वासी, क्षमतावान, प्रेरणाको स्रोत, भरोसायोग्य, अग्रणी, सरल, आत्मविश्वासले भरिएको तथा हरेक नेपालीका लागि आदर्श हुनु हुन्छ, जुन यो सहकार्यको भित्री अभिप्राय हो । आई.एम.ई. लाइफ परिवारमा उहाँलाई स्वागत गर्न पाउँदा हामी खुसी छौं ।’

देशभरका जनताहरुमा जीवन बीमाको बारेमा जागरुकताका साथै कम्पनीको ब्राण्ड निर्माण गर्न र ग्राहकहरुको विश्वास लिन सहयोग पुर्याउने कुरा कम्पनीले जनाएको छ । कम्पनीले यो सम्झौता पौष २४ गतेबाट लागू हुने गरी हस्ताक्षर गरिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले जानकारी दिए ।

Logo